डकैती गिरोहका 6 जना सदस्य देवीडांगाबाट पक्राउ

सिलगढी: सिलगढीको प्रधान नगर थाना पुलिसले सादा पोशाकमा डकैत गिरोहका 6 जना सदस्यलाई गत राति पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा दीपक राय (20), रोशन लामा (19), साधिन राय (19), अजय उरांव (19), सिकाश उरांव (19) र राकेश मण्डल (22) सामेल छन्। आरोपीहरू सबैजना सिलगढीको विभन्न वार्डका वासिन्दाहरू हुन्। तिनीहरूलाई आज सिलगढी अदालतमा पेश गरियो। पुलिस सूत्र अनुसार, डकैती गर्ने उद्देश्य लिएर गत राति देवीडांगाको ग्यास गोडाउन इलाकामा बदमाशहरू भेला भएको गोप्य सूचना पाएर अभियान चलाएपछि डकैती गर्न अगावै 6 जनालाई पुलिसले पक्राउ गरेको छ। यस अभियान अवधि कतिपय डकैती दलका सदस्यहरू रातको फाइदा उठाएर भाग्न सफल भए। आरोपीहरूबाट पुलिसले धारिलो हतियारहरू पनि उद्धार गरेको बताइएको छ। पक्रा पर्ने आरोपीहरू यसभन्दा अघि पनि चोरी तथा विभिन्न आपराधिक मामिलामा पक्रा परिसकेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *