डकैतीको उद्देश्यले भेला भएका 4 जना पक्राउ

सिलगढी : प्रधान नगर थाना पुलिसले डकैती गर्ने उद्देश्य लिएर भेला भएका 4 जना दुष्कृतिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू क्रमैले अब्दुल हुसेन गणेश राय, राहुल माहातो र कौशिक मङ्की मुण्डा सामेल छन्। प्राप्त जानकारीअनुसार गत राति प्रधान नगर थाना अन्तर्गत डागापुर इलाकामा 4 जना दुष्कृति डकैती गर्ने उद्देश्यले भेला भएको पुलिसले खबर पाएपछि उक्त इलाकामा अभियान चलाएर 4 जना दुष्कृतिलाई पक्राउ गरेको बताइएको छ। यसको साथै पुलिसले केही धारिलो हतियार पनि उद्धार गरेको छ। पक्रा परेका 4 जना आरोपीलाई आज सिलगढी अदालतमा पेश गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *