डकैतीको उद्देश्यले भेला भएका अझ एकजना पक्राउ

सिलगढी : डकैती गर्ने उद्देश्य लिएर भेला भएका अझै एकजना नाइकेलाई एनजेपी थाना पुलिसले पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति राजाहोली निवासी एमडी सुल्तानको रूपमा चिन्हित गरिएको छ। स्मरण रहोस्, गत 11 जुन मदानी बजार इलाकामा डकैती गर्ने उद्देश्य लिएर 10-12 जना दुष्कृतिहरू भेला भएका थिए। गोप्य सूचनाको आधारमा एनेजापी थाना पुलिसले उक्त इलाकामा अभियान चलाएर 3 जनालाई पक्राउ गरे तापनि अन्य केही दुष्कृतिहरू भाग्नमा सफल भएका थिए। घटनाको जाँचमा जुटेका पुलिसले एनजेपीको नेताजी मोडबाट एमडी सुल्तानलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *