डकैतीको योजना बनाइरहेका 6 जना बदमास सिलगढीको एनजेपी क्षेत्रबाट पक्राउ

सिलगढी: डकैतीको योजना बनाइरहेको समय 6 जना बदमासहरूलाई एनजेपी थाना पुलिसले गत राति एनजेपीको आईओसी-सित संलग्न जबडाभिट्टा अन्डरपासबाट पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा कृष्ण दे, अजय बासफोर, विश्वनाथ राय, रञ्जन साहनी,कार्तिक राय र बाप्पा राय सामेल छन्। तिनीहरूलाई आज जलपाइगढी अदालतमा पेश गरियो। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत राति आईओसी-सित संलग्न जबडाभिट्टा अन्डरपासमा डकैकी गर्ने योजना बनाएर 10-12 जना बदमासहरू भेला भएको गोप्य सूचना पाएर पुलिस घटना स्थलमा पुग्दा केही बदमास रातको मौकाको पाइदा उठाएर भाग्न सफल भए तापनि 6 जनालाई पुलिसले पक्राउ गरेको छ। पुलिसले घटनास्थलबाट रड, धारिलो हतियारहरू तथा टर्च लाइट जफत गरेको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *