डकैतीको योजना बनाइरहेका 5 जना बदमास पक्राउ

सिलगढी : भक्ति नगर थाना पुलिसले डकैतीको योजना बनाइरहेका 5 जना बदमासलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा उदय राय, शम्भु, विश्वनाथ राय उर्फ् विशाल, मनोज राय र सुधीर बर्मन सामेल छन्।


भक्ति नगर थाना पुलिसले दिएको जानकारी अनुसार बानेश्वर मोड़ इलाकामा 5 जना बदमासहरू डकैती गर्ने उद्देश्य लिएर भेला भएको खबर पाएपछि पुलिसले उक्त इलाकामा अभियान चलाएर 5 जना बदमासलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *