डकैतीको योजना बनाइरहेका 3 जना युवक पक्राउ

सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिसको प्रधान नगर थाना पुलिसले गत राति डकैतीको योजना बनाइरहेका 3 जना युवकलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू क्रमैले एमडी सागर, अर्जुन प्रसाद र विशाल घोष सामेल छन्। आज तिनीहरूलाई सिलगढी अदालतमा पेश गरियो। प्राप्त जानकारी अनुसार गत राति मिलनमोड़ स्थित एउटा मैदानबाट यी तीनजना युवकलाई पक्राउ गरेको बताइएको छ। डकैती गर्ने उद्देश्य लिएर तिनीहरू भेला भएका थिए भने पुलिस सादा पोशाकमा घटनास्थलमा पुग्नसाथ केही युवकहरू त्यहाँबाट भाग्न सफल भए भने तीनजनालाई पुलिसले पक्राउ गरेको छ। पुलिसले डकैती गर्दा प्रयोग गरिने केही हतियारहरू पनि घटनास्थलबाट उद्धार गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *