सिलगढी : भक्तिनगर थाना पुलिसले डकैतीको योजना बनाइरहेका 3 जना बदमासलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू क्रमैले दुलाल राय, सुभजीत अधिकारी र बुबाई साहा सामेल छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत राति सिलगढीको फौजी मैदान इलाकामा 5-7 जना बदमासहरू भेला भएको पुलिसले गोप्य सूचना पाएपछि उक्त इलाकामा अभियान चलाएर 3 जनालाई पक्राउ गरे तापनि अन्य बदमासहरू भाग्न सफल भएको बताइएको छ। पुलिसले ताला भत्काउन प्रयोग गरिने हतियार पनि उद्धार गरेको छ।