डकैतीको योजना बनाइरहेको समय भागेका एकजना व्यक्ति पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले गत राति फुलबारीबाट मोहम्मद फिरोज नाम गरेको एकजना व्यक्तिलाई पक्राउ गरेको छ। स्मरण रहोस्, गत 28 मईमा 8-10 जना दुष्कृतिहरू डकैती गर्ने उद्देश्यले आग्नेयास्त्रसहित विभिन्न धारिलो हतियार लिएर फुलबारी बजार इलाकामा भेला भएका थिए। गोप्य सूचनाको आधारमा पुलिसले उक्त इलाकामा अभियान चलाएर 4 जना दुष्कृतिलाई पक्राउ गरे तापनि अन्य दुष्कृतिहरू भाग्न सफल भएका थिए। पुलिसले तिनीहरूबाट देशी आग्नेयास्त्र सहित एउटा जिउँदो कार्तुस उद्धार गरेको थियो। पक्रा परेका आरोपीहरूसित पुलिस सोधखोज गरेर अन्य दुष्कृतिहरूको खोजी शुरू गरेपछि पुलिसले एनजेपीको नेताजी मोड़ संलग्न इलाकाबाट अझ तीनजना दुष्कृतिलाई पक्राउ गरेको थियो। गोप्य सूचनाको आधारमा पुलिसले हिजो राति फुलबारी बजारमा अभियान चलाएर मोहम्मद फिरोज नाम गरेको अन्य एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *