डकैती र छिनताईको मामिलामा 5 जना पक्राउ

सिलगढी : बाघडुग्रा थाना पुलिसले एउटा ठुलो सफलता हासिल गरेको छ। पुलिसले भिन्ना-भिन्नै मामिलामा 5 जना व्यक्तिलाई पक्राउ गरेको छ। आज एसीपी वेस्ट जोन 2 का विदित राज बुन्देशले पत्रकारहरूसँग कुराकानी गर्दै गत वर्ष राङ्गापानी इलाकामा डकैती अनि फाँसीदेवामा एकैसाथ दुईवटा छिनताईको घटना घटेको थियो। यसपछि जाँचमा जुटेका पुलिसले यस घटनामा संलग्न रहेको आरोपमा अधीर सिंह, कृष्ण मिञ्ज, मनोज राय, प्रदीप राय र सञ्जय रायलाई पक्राउ गर्नको साथै पुलिसले तिनीहरूबाट 9 एमएम पिस्तोल, चोरी गरिएको 5 वटा बाइक उद्धार गरेको बताइएको छ। सिलगढीलगायत दार्जिलिङ जिल्लाको विभिन्न थानामा यस घटनाविरुद्ध अभियोग दर्ता गरेको थियो। पुलिसले यी 5 जना आरोपीहरूसँग केरकार गर्नको साथै जाँच शुरू गरेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *