डकैती गर्न अगावै फालाकाटा पुलिसले 3 जना बदमाशलाई पक्राउ गरेपछि पेश गऱ्यो अदालतमा

अलीपुरद्वार (निसं): फालाकाटा थाना पुलिसले डकैतीको योजनालाई असफल पार्दै यसभन्दा अगावै तीन जना बदमाशलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरूमा सुरजीत बर्मन, जगननाथ बर्मन र दीपक बर्मन सामेल छन्। आरोपीहरूबाट पुलिसले दुई वटा खेलौना पिस्तोल लगायत अन्य सामान पनि उद्धार गरेको बताइएको छ। प्राप्त जानकारी अनुसार गोप्य सूचनाको आधारमा पुलिसले शुक्रवार अबेर राति फालाकाटाको सुभाषपल्ली कुञ्जनगर रोडमा छापामारी अभियान चलायो। यसैबीच, पुलिस आएको थाहा पाउन साथ बदमाशहरूले भाग्ने प्रयास गरे तापनि तिनीहरूमध्ये तीन जनालाई पक्राउ गरेको छ। यसपछि जाँच अवधि पुलिसलाई थाहा लागे अनुसार बदमाशहरूले सडकमा वाहनहरू रोक्नको लागि किला लगाएको थियो, यदि कुनै पनि वाहन यसमाथि कुदाइयो भने टायर पङ्चर भएपछि त्यसमा सवार यात्रीहरूको सबै सर-सामान लुट्न सकियोस् भन्ने तिनीहरूको योजना रहेको थियो। आज आरोपीहरूलाई अलीपुरद्वार अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *