डकैतीको प्रयास गर्ने अन्य एकजना पक्राउ

सिलगढी : जियागञ्ज पेट्रोल पम्पमा हालै डकैतको प्रयास गरेको घटनाको नाइकेलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गरियो। एनजेपी थाना पुलिसले आइतबार राति एनजेपी रेल अस्पताल अघिबाट उक्त घटनाको नाइके राहुल छेत्रीलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार गत 26 जनवरीको दिन गोप्य सूचनाको आधारमा एनजेपी थाना पुलिसले जियागञ्ज पेट्रोल पम्पमा डकैत गर्ने उद्देश्यले आएका केही डकैतहरूमध्ये 2 जना युवकलाई धारिलो हतियार र एउटा वाहनसहित पक्राउ गरेको थियो भने अन्यले घटनास्थलबाट सुइँकुच्चा ठोकेका थिए। जाँचमा जुटेको  पुलिसले आइतबार राति राहुल छेत्री नाम गरेको अन्य एकजना व्यक्तिलाई पक्राउ गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *