डाकघर कर्मचारी संगठनद्वारा कोभिड किट्स प्रदान

खरसाङ: बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राखेर सहयोग स्वरूप खरसाङ शहरको सुबेदार बस्ती सञ्जिवनी संघलाई डाकघर कर्मचारी सङ्गठन फेडरेशन अफ् न्यासनल पोस्टल अर्गनाइजेसन दार्जिलिङ डिभिजनको पक्षबाट खरसाङ पोष्टमास्टर लगायत तिनका सहयोगीहरूले कोभिड किट्स प्रदान गरेको सञ्जिवनी संघका सचिव सागरराज छेत्रीले जानकारी दिएका छन्। तिनले जानकारी गराए अनुसार डाकघर कर्मचारी सङ्गठनको पक्षबाट पञ्जा, मास्क, सेनिटाइज, रुम डिक्सइन्फेक्ट्स स्प्रे आदि कोरोनो संक्रमित परिवारलाई दिनको निम्ति अनि सामाजिक प्रयोगको निम्ति स्प्रे म्यासिन हिजो प्रदान गरियो। यसबारे डाककर्मी निरङ्कर थापाले अवगत गराउँदै समाजमा दुःख परेको बेला मानिसहरूलाई केही हदसम्म सहयोग मिलोस् भनी यी समानहरू प्रदान गरिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *