डाकघरलाई निजीकरण गरिने विरूद्ध सिलगढीमा विरोध प्रदर्शन

सिलगढी (निसं): भारतीय डाक विभाग निजीकरणको विरोधमा आज अल इण्डिया पोस्टल एमप्लोइज युनियन तथा फेडरेशन अफ नेशनल युनियन पोस्टल एमप्लोइज अर्गेनाइजेशन-ले सिलगढीमा विक्षोभ प्रदर्शन गऱ्यो। सङ्गठनका सदस्यहरूले आज सिलगढीको मुख्य डाकघर अघि धेरै समयसम्म विरोध प्रदर्शन गरे। केन्द्र सरकारले भारतीय रेलवे अनि सरकारी संस्था समेत डाकघरलाई पनि निजीकरण गर्ने लिएको निर्णयलाई डाकघरका कर्मचारीहरूले विरोध गरिरहेका छन्। डाकघरका कर्मचारीहरू निजीकरणको विरूद्ध राज्यव्यापी आन्दोलनमा सामेल भएका छन्। सङ्गठनको पक्षमा नन्दा सेनले बताए अनुसार केन्द्र सरकारले डाकघरलाई निजी कम्पनीको हातमा सुम्पिने योजना बनाइरहेको छ। निजीकरण गर्नाले केवल कर्मचारीहरूलाई मात्र नभएर डाकघरमा अफ्नो रूपियाँ बचत गरेर राख्ने ग्राहक तथा जमाकर्ताहरू पनि तिनीहरूको लाभबाट वञ्चित रहने छन्। तिनले अझ भने, यदि माग पुरा नगरे आगामी दिनमा सङ्गठनको पक्षबाट अझ वृहत आन्दोलन गरिने छ।  


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *