डकैतको योजना बनाइरहेको 3 जना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले गोप्य सूचनाको आधारमा गत अबेर राति अभियान चलाएर 3 जना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा सिलगढीको देशबन्धुपाडा निवासी रूप सरकार, ईस्टर्न बाइपास निवासी चिरञ्जीत मण्डल र काश्मिर कोलनी निवासी पप्पु बर्मन सामेल छन्। पुलिस सूत्रले दिएको जानकारीअनुसार गत राति एनजेपी थाना पुलिसले सिलगढीको शान्तिपाडा ब्यारेक कोलनी इलाकामा केही दुष्कृतिहरू डकैत गर्ने उद्देश्य लिएर एकत्रित भएको गोप्य सुइँको पाएपछि पुलिसले अभियान चलाएर 3 जना दुष्कृतिलाई पक्राउ गरे तापनि अन्य 5 जना दुष्कृतिहरूले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। पुलिसले पक्रा परेका आरोपीहरूबाट केही धारिलो हतियार र फलामको रड उद्धार गरेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ


Leave a Reply

Your email address will not be published. Required fields are marked *