डाक कर्मचारीहरूद्वारा सिलगढी मुख्य डाकघर अघि धरना प्रदर्शन

सिलगढी (निसं): भारतीय डाक सेवालाई निजीकरणको विरोध लगायत अन्य मागहरूको समर्थनमा डाक विभागका कर्मचारीहरू आज देशव्यापी हड़तालमा सामेल भए। आज अल इण्डिया पोस्टल इम्प्लाइज युनियनको आह्वानमा डाक विभागका कर्मचारीहरूले आज सिलगढीमा मुख्य डाकघर अघि धरना प्रदर्शन गरे। यस अवधि मुख्य डाकघरका अधिकांश कर्मचारीहरू हड़तालमा सामेल थिए। सबै काउन्टर खुल्लै रहे तापनि कर्मचारीहरूको अनुपस्थितिले गर्दा सेवा बाधित रह्यो। यसले गर्दा केही काउन्टरमा धेरै लामो लाइन देखियो। यस सम्बन्धमा डाकघर विभागका कर्मचारीहरूले बताए अनुसार केन्द्र सरकारद्वारा लघु बचत योजना अनि डाक जीवन बीमा सेवाहरू उपलब्ध गराउने जुन घोषणा गरिएको छ, त्यसलाई चाँडो भन्दा चाँडो खारिज गरिनु पर्छ। नत्र बृहद आन्दोलन गर्ने कर्मचारीहरूले चेतावनी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *