डाक पार्सलको कन्टेनरबाट 37 वटा भैँसी उद्धार, 1 जना पक्राउ

खोरीबारी : खोरीबारीको कल्याणपुरमा नाका चेकिङ अवधि डाक पार्सलको कन्टेनरबाट 37 वटा भैँसी उद्धार गरेको छ। घटनामा कन्टेनर चालकलाई पनि पक्राउ गरेको छ। पक्रा परेका चालक उत्तरप्रदेश निवासी मोहम्मद आलमको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार नाका चेकिङ अवधि पुलिसले एउटा कन्टेनरलाई रोकेर छानबीन गर्दा भैँसी उद्धार गरेको छ।\


चालकले उक्त भैँसीको वैध कागजपत्र देखाउन नसकेपछि पुलिसले तिनलाई पक्राउ गरेको छ। उक्त भैँसी बिहारबाट असम हुँदै बङ्ग्लादेश तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो।  पक्रा परेका चालकलाई आज सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *