दक्षिण दिनाजपुर जिल्लाको छात्र युवा उत्सव शुरू

कुशमन्डी:  पश्चिम बंगाल सरकारको युवा कल्याण विभागको तर्फबाट कुशमन्डी उच्च विद्यालय परिसरमा दक्षिण दिनाजपुर जिल्ला छात्र युवा उत्सव आरम्भ भएको छ। उक्त उत्सवको उद्घाटन दक्षिण दिनाजपुर जिल्ला युवा कल्याण विभागका अधिकारी आवनेर भुटियाले गरे। यस अवधि कुशमन्डी ब्लकका बीडीओ सोहम चौधरी, कुशमन्डी थानाका आईसी मानवेन्द्र साहा, दक्षिण दिनाजपुर जिल्लाका विभागीय राज्य मन्त्रीका प्रतिनिधि अम्बिरीश सरकार, राजाक हुसैन, कुशमन्डी उच्च विद्यालयका प्रधानाध्यापक दीपक कुमार घोषलगायत अन्य मानिसहरू उपस्थित थिए। यस जिल्ला छात्र युवा उत्सवमा 500 भन्दा अधिक प्रतियोगीहरूले अंश ग्रहण गरेका थिए। कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरूको पनि आयोजना गरिएको थियो।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *