दलगाउँ चियाकमान इलाकामा हात्तीको ताण्डवले 8 वटा घर क्षतिग्रस्त

अलिपुरद्वार : फालाकाटा ब्लकको दलगाउँ चियाकमानको दलमनि डिभिजनमा हात्तीको ताण्डवले 8 वटा घर भत्काइदिएको छ। प्राप्त जानकारीअनुसार आज बिहानै एउटा हात्तीको दल उक्त इलाकामा पसेर यहाँको लगभग 8 वटा घर भत्काइदिनको साथै घरमा राखेको खाद्य सामग्री नष्ट गरिदिएको छ। लगभग घणटौँसम्म ताण्डव मच्चाएर उक्त हात्तीको दल जङ्गलतिर लागेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *