दलगाउँ चियाकमानमा हात्तीको ताण्डवमा 4 वटा घर क्षतिग्रस्त

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको दलगाउँ चियाकमानको साल लाइनमा गत अबेर राति 2 वटा हात्तीले ताण्डव मच्चाएर 4 वटा घर क्षतिग्रस्त पारिदिएको छ। स्थानीय सूत्रले दिएको जानकारीअनुसार गत अबेर राति दुईवटा हात्ती दलगाउँ चियाकमानको साल लाइनमा पसेर उक्त इलाका निवासी गोयेन्दा मिञ्ज, सुमरी कुजुर, सुनील कुजुर र बिरसा कुजुरको घरहरूमा ताण्डव मच्चाएर घरको बार भत्काइदिनको साथै घरमा राखेको खाद्य सामग्री नष्ट पारिदिएको छ। उक्त दुईवटा जङ्गली हात्तीले लगभग घण्टौँसम्म ताण्डव मच्चाएपछि जङ्गलतिर लागेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *