दलगाउँ जङ्गलमा मरेको हात्ती उद्धार

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको दलगाउँ जङ्गलमा एउटा जङ्गली हात्तीको शव उद्धार भएको छ। प्राप्त जानकारीअनुसार जङ्गल संलग्न इलाकामा स्थानीय मानिसहरूले कुनै दुर्गन्ध आएको थाहा पाएपछि घटनाबारे वन विभागलाई खबर दिए। घटनाको खबर पाएर वन कर्मीहरू घटनास्थलमा पुगेर मरेको जङ्गली हात्तीको उद्धार गरेको बताइएको छ। वन विभागले दिएको जानकारी अनुसार के कारणले गर्दा उक्त जङ्गली हात्ती मरेको हो भन्नेबारे पोस्टमार्टमपछि थाहा लाग्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *