दलगाउँमा हात्तीको ताण्डव, स्थानीय मानिसहरू आतङ्कित

अलिपुरद्वार : फालाकाटा ब्लकको दलगाउँ चियाकमानको सौताल लाइनमा 3 वटा जङ्गली हात्तीले उत्पात मच्चाएर धेरै क्षति पुर्‍याएको छ। प्राप्त जानकारीअनुसार गत राति 3 वटा जङ्गली हात्ती सौताल लाइनमा पसेर त्यस इलाका निवासी डेनियल हासदाको घरको देवाल भत्कादिएको छ। यसको साथै केही घरहरूको बार तथा केही दोकानहरू भत्काइदिएको छ। उक्त 3 वटा जङ्गली हात्तीले घण्टौँसम्म उत्पात मच्चाएपछि जङ्गलतिर लागेको बताइएको छ। स्थानीय मानिसहरूको भनाइअनुसार उक्त इलाकामा हात्तीले प्रायःजसो उत्पात मच्चाउने गरेकोले आफूहरू आतङ्कित भएर बस्न बाध्य छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *