दलमोड चियाकमानबाट मरेको हात्ती उद्धार

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको वीरपाडा दलमोड चियाकमानको बासाबारी लाइन इलाकाबाट एउटा वयस्क हात्तीको शव उद्धार भएको छ। प्राप्त जानकारीअनुसार आज बिहान स्थानीय मानिसहरूले दलमोड चियाकमानमा एउटा वयस्क हात्ती मरेको देखेपछि वन विभागलाई खबर दिए। घटनाको खबर पाएर दलगाउँ रेञ्जका वनकर्मीहरू घटनास्थलमा पुगेर हात्तीको शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाएको छ। बिजुलीको करेन्ट लागेर उक्त वयस्क हात्ती मरेको हुनसक्ने वन विभागले प्राथमिक अनुमान लगाएको छ। तथापि, पोस्टमार्टमपछि मात्र के कारणले गर्दा हात्तीको मरेको हो भन्नेबारे थाहा पाउने वन विभागले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *