दलसिंहपाड़ामा जङ्गली हात्तीको शव उद्धार

अलिपुरद्वार : वन विभागले अलिपुरद्वार जिल्लाको कालचिनी ब्लक अन्तर्गत पर्ने दलसिंहपाड़ा इलाकामा एउटा वयस्क जङ्गली हात्तीको शव उद्धार गरेको छ। प्राप्त जानकारीअनुसार आज बिहान स्थानीय मानिसहरूले दलसिंहपाड़ा एमएसके स्कुलको पछिल्तिर उक्त जङ्गली हात्तीको शव देखेपछि वन विभागलाई जानकारी दिए। घटनाको खबर पाएर हेमिल्टगञ्ज रेञ्जका रेञ्ज अफिसर तथा वनकर्मीहरू घटनास्थलमा पुगेर हात्तीको शव उद्धार गरे। उक्त मरेको  हात्तीको पोस्टमार्टम रिपोर्ट आएपछि मात्र के कारणले गर्दा हात्तीको मृत्यु भएको हो भन्नेबारे थाहा लाग्ने हेमिल्टगञ्ज रेञ्जका रेञ्जर अफिसर अङ्कन नन्दीले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *