दलसिहंपाडामा उँधौली चाँड साकेला धुमधामले पालन

अलिपुरद्वार : डुवर्स किरात राई सांस्कृतिक कमिटीको तर्फबाट आज अलिपुरद्वार जिल्लाको कालचिनी ब्लकस्थित दलसिंहपाड़ा इलाकामा उँधौली साकेला उत्सवको आयोजना गरियो। विशेष गरेर उधौली साकेला उत्सवमा राई सम्प्रदायका मानिसहरूले प्रकृतिको पुजा गर्ने गर्दछन्। आजको कार्यक्रममा डुवर्सका विभिन्न इलाकाबाट राई सम्प्रदायका मानिसहरू धेरै संख्यामा उपस्थित थिए।


दलसिंहपाड़ामा आज सम्पन्न भएको उँधौली चाँड साकेलामा विशेष गरेर माङपा, माङ्माहरूलाई सम्वर्द्धना जनाइयो भने यस अवसरमा सिली नृत्य प्रतियोगिताको पनि आयोजना गरिएको थियो। कार्यक्रमको आरम्भमा राईहरूको विधि विधानअनुसार पुजाआजा गर्नको साथै सांस्कृतिक नृत्यहरू पनि प्रस्तुत गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *