डाबग्राम इलाकामा कुदिरहेको ट्रकमा लाग्यो आगो

सिलगढी : एनजेपी थाना अन्तर्गत पर्ने डाबग्राम ठाकुर नगर इलाकामा कुदिरेहको एउटा ट्रकमा आगलागी हुँदा उक्त इलाकामा सनसनी मच्चियो। प्राप्त जानकारीअनुसार सिमेन्ट बोकेको कुदिरहेको एउटा ट्रकमा अचानक आगलागी भएपछि घटनाबारे एनजेपी थाना पुलिस र अग्निशमन विभागलाई खबर दिइयो। घटनाको खबर पाएर दमकलको एउटा इञ्जिन घटनास्थलमा पुगेर केही समयको प्रयासपछि आगोलाई नियन्त्रणा ल्याइयो। उक्त ट्रकको ब्याट्रीमा सट सर्किट हुँदा आगलागी भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *