दमकल विभागद्वारा सिलगढी जिल्ला अस्पतालमा मक ड्रिलको आयोजना

सिलगढी : बहुतले भवन तथा अस्पतालमा आगो लागेको खण्डमा त्यसलाई चाँडै कसरी नियन्त्रणमा ल्याउन सकिन्छ भन्ने विषयमा दमकल विभागको तर्फबाट राज्यभरिमै मक ड्रिल शुरू गरियो। दमकल विभागका अनुभवी कर्मीहरूले मक ड्रिलको माध्यमद्वारा मानिसहरूलाई जागरूक गर्नको साथै आगो कसरी निभाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण गराए।


सिलगढी दमकल विभागले आज सिलगढी जिल्ला अस्पतालमा मक ड्रिलको आयोजना गर्यो। अस्पतालका कर्मचारीहरूलाई मक ड्रिलको माध्यमद्वारा अस्पतालमा आगो लागे कसरी बाँच्न सकिन्छ भन्ने विषयमा जागरूक गराए। दमकल विभागका सीनियर स्टेशन म्यानेजर अजीत घोष र शंकर सेनले भने, यस प्रकारको मक ड्रिल राज्यभरिमै चलिरहेको छ। विशेष रूपमा मक ड्रिलको लागि अस्पताल तथा बहुतले भवनलाई चयन गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *