दमकल विभागद्वारा रक्तदान शिविरको आयोजना

सिलगढी: दमकल विभागद्वारा आज सिलगढीको स्टेशन फीडर रोडमा रक्तदान शिविरको आयोजना गरियो। उक्त रक्तदान शिविरको आयोजना दार्जिलिङ, कालेबुङ, जलपाइगढी र डबग्राम-फुलबारी दमकल विभागद्वारा संयुक्त रूपमा गरियो। रगतको संकटलाई ध्यानमा राखेर दमकल विभागले उक्त पहल गरेको बताइएको छ। शिविरमा 100 भन्दा अधिक दमकल कर्मीहरूले रक्तदान गरे।  रक्तदान शिविरमा डिभिजनल अग्निशमन अधिकारी दिवन लेप्चा लगायत अन्य विभागीय अधिकारीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *