डम्पर अनियन्त्रित भएर विद्युतको खाँबोलाई धक्का दिँदा इलाका विद्युतविहीन

राजगञ्ज : एउटा डम्पर अनियन्त्रित भएर सडक किनारमा रहेको विद्युतको खाँबोलाई धक्का दिँदा उक्त विद्युतको खाँबो भाँच्चिएपछि इलाका विद्युतविहीन बनेको छ भने वाहन चालकलाई सामान्य चोट लागेको छ। उक्त घटना आज बिहानै राजगञ्ज ब्लकको शिकारपुर अञ्चलको मालिभिटा चोराङ्गी मोड इलाकामा घटेको हो। स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज बिहानै ठुलो आवाज सुनेपछि स्थानीय मानिसहरू बाहिर निस्केर हेर्दा सडक किनारमा रहेको बिजुलीको खाँबोलाई एउटा डम्परले धक्का दिँदा उक्त बिजुलीको खाँबो भत्किएको बताइएको छ। उक्त घटनामा वाहन चालकलाई सामान्य चोट लागेको छ। सडक संकीर्ण भएकोले गर्दा नै उक्त घटना घटेको हो। उक्त घटनापछि केही समयको लागि इलाकामा विद्युत परिसेवा ठप्प बन्न पुगेको थियो। घटनाको खबर पाएर बेलाकोवा विद्युत विभागका कर्मचारी तथा बेलाकोवा आउटपोस्ट पुलिस घटनास्थलमा पुगेपछि पुलिसले वाहनलाई आफ्नो नियन्त्रणमा लिनको साथै घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes