डम्परको चपेटमा परेर चालकको मृत्यु

राजगञ्ज : सिलगढी संलग्न फुलबारी सीमान्तमा डम्परको चपेटमा परेर चालकको मृत्यु भएको छ। मृतक चालक 40 वर्षीय अभिषेक छेत्रीको रूपमा चिन्हित गरिएको छ। स्थानीय सूत्रअनुसार आज भुटानको ढुङ्गा लादिएको एउटा डम्पर फुलबारी सीमान्तमा पार्किङ गर्नको लागि चालकले चाबी नपाउँदा बाध्य भएर चालकले डम्परमुनि पसेर स्क्रु ड्राइभरको सहयोगमा स्टार्ट गर्ने प्रयास गरे। यसै समय डम्पर स्टार्ट भएपछि यसको अघिल्तिरको चक्काको चपेटमा परेर चालकको घटनास्थलमै मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *