डम्पर र टोटो ठोक्किँदा टोटो चालकको मृत्यु

अलीपुरद्वार (निसं): डम्पर र टोटो आपस्तमा ठोक्किँदा टोटो चालकको मृत्यु भएको छ। मृतकको नाम ब्रजेन बर्मन (45) हो भने उक्त दुर्घटना बुधवार अलीपुरद्वार जिल्लाको जटेश्वर इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार फालाकाटा तर्फ गइरहेको समय एउटा डम्पर अनियन्त्रित भएर टोटोलाई पछिल्तिरबाट धक्का दिँदा टोटो चालक ब्रजेन बर्मन सड़कमा पल्टिए। यसपछि डम्परको चक्काले किच्चाएर तिनको मृत्यु भयो। घटना पछि इलाकामा व्याप्त तनाउ फैलिएयो। घटनाको खबर पाएपछि जटेश्वर आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रणमा ल्याए। मृतक टोटो चालक जटेश्वरको साहा पाडा निवासी थिए। उक्त घटनाले इलाकामा शोकको माहौल छाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *