दरमदिम सिक्किमलाई पराजित गरेर कालेबुङ युनाइटेड च्याम्पियन

मङ्पू: मङ्पूको रङबी ज्ञानपीठ विद्यालय मैदानमा समीर गुरुङ स्मृति च्यालेञ्ज भलिबल प्रतियोगिताको फाइनल खेल आज दरमदिन सिक्किम बनाम कालेबुङ ब्रदर्स युइनाइटेड माझ सम्पन्न भयो। दिलीप गुरुङको अध्यक्षतामा सम्पन्न अनि पुष्कर सिङगरले सञ्चालन गरेको खेलमा पहिलो सेटमा कालेबुङ युनाइटेड विजय बन्यो भने दोस्रो र तेस्रो सेटमा दरमदिन सिक्किमले अनि चौथो सेटमा कालेबुङ अनि अन्त्यमा बेस्ट अफ् 5- मा फेरि कालेबुङ युनाइटेड विजय बनेर समीर स्मृति च्यालेञ्ज कप हत्याउन सफल भएको छ।


आजको फाइनल खेलमा कालेबुङ युनाइटेडका नवीन राईलाई उत्कृष्ट खेलाडीको रूपमा चयन गरियो भने वेस्ट टीम लाब्दा युनाइटेडलाई छनौट गरियो। यसरी आज खेलिएको भेटेरेन भलिबल प्रतियोगितामा रेसेप विभागले रम्बी विभागलाई पराजित गऱ्यो। आजको समारोहका प्रमुख अतिथि रतन थापा अनि सभापति दिलीप गुरुङको बाहुलीबाट विजय टोलीलाई 1 लाख सहित ट्रफी साथै पराजय दललाई 50 हजार सहित ट्रफी प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *