दार्जिलिङ पहाडमा थप 5 जना कोरोना संक्रमित

सुकेपोखरी : दार्जिलिङ जिल्लाको विभिन्न ठाउँहरूमा कोरोना संक्रमितहरूको संख्या बढ्दै गइरहेको छ। प्राप्त जानकारीअनुसार दार्जिलिङको सुकेपोखरी खण्डको घुम र रङ्गमुक निवासी दुईजना मानिसमा कोरोना संक्रमित भएको पुष्टि भएको छ। यसबारे खण्ड स्वास्थ्य अधिकारी डा. एस पोद्दारले जानकारी दिएका छन्। तिनले दिएको जानकारी अनुसार सोनादा रङ्गमुकबाट 1 जना र घुमबाट 1 जनाको रिपोर्ट पोजेटिभ आएको छ। यसबाहेक स्वास्थ्य विभाग सूत्रअनुसार यसबाहेक दार्जिलिङ सहरको गाँधी रोडमा 1 जना, मूल डाँडामा 1 जना अनि तकभरमा 1 जना गरेर मोठ 5 जना कोरोना संक्रमितहरू देखा परेको छ। संक्रमितहरूलाई सिलगढी स्थित कोभिड अस्पतालमा लगिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *