दार्जिलिङ-सिलगढी चल्ने ट्याक्सी गाडीहरू आज 24 घण्टा बन्द

दार्जिलिङ: दार्जिलिङदेखि सिलगढीसम्म र सिलगढीदेखि दार्जिलिङसम्म चल्ने ट्याक्सी गाड़ीहरूको सेन्डीकेटले आज 24 घण्टा बन्द डाकेको छ। पेट्रोल डीजलको मूल्यमा वृद्धि भए तापनि वाहन भाडामा वृद्धि नगरेकोले गर्दा आज वाहन भाडा वृद्धि गरिनुपर्ने माग गर्दै उक्त बन्द डाकेको हो। दार्जिलिङदेखि सिलगढी कुद्ने गाड़ीमा एकजनाको भाँड़ा सरकारी रूपमा 150 रुपियाँ रहे तापनि आफूहरूले 200 रुपियाँ लिइरहेको छ, तर 200 रुपियाँ भाडाले गाड़ी कुदाउन सम्भव नरहेको चालकहरू बताउँछन्। आज डाकिएको 24 घण्टा ट्याक्सी गाड़ीहरू बन्दले पहाड़मा पर्यटकहरूलाई धेरै प्रभाव परिरहेको छ। पर्यटकहरू आज पनि विभिन्न पर्यटकीय स्थानहरूमा भ्रमण गर्न तयार थिए। तर वाहनहरूको चलाचल बन्द गरिएको गर्दा पर्यटकहरूलाई निक्कै समस्या भइरहेको छ। बन्द अवधि पहाड़मा सरकारी बस कुद्ने भए तापनि दार्जिलिङदेखि सिलगढी जाने अन्तिम बस दार्जिलिङबाट 2.30 तिर छुट्ने भएकोले यात्रुहरूलाई निक्कै समस्या भएको जानकारी प्राप्त भएको छ। कतिपय पर्यटकहरूले ट्याक्सी गाड़ी बन्द भएकोले प्रशासनद्वारा सरकारी बसको व्यवस्था गरिनुपर्ने माग समेत गरे। यसैगरी, खरसाङ क्षेत्रबाट सिलगढी जाने ट्याक्सी गाड़ीहरू पनि बन्द रहेको थियो। खरसाङको मोटर स्ट्याण्डमा रहेको ट्याक्सी गाड़ीको सेन्डीकेट पूर्ण रूपमा बन्द रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *