दार्जिलिङ बजारमा मास्क नलाउनेहरू विरुद्ध पुलिसको अभियान

दार्जिलिङ : देशका विभिन्न ठाउँहरूमा झैँ यता दार्जिलिङमा पनि कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको छ। यस्तो परिस्थितिमा कुनै काम बिनै मास्क नलगाई सडकमा घुमफिर गर्नेहरू विरुद्ध दार्जिलिङले आजदेखि कठोर कार्वाही गरिरहेको छ। यसै क्रममा आज दार्जिलिङ बजारको विभिन्न ठाउँहरूमा प्रशासनले मास्क नलगाई हिडनेहरूलाई अबउसो यस्तो गल्ती नगर्ने चेताउनी दिएको छ। यसको साथै भोलिदेखि कुनै काम बिनै बजारमा घुम्ने तथा मास्कको प्रयोग नगर्नेहरू विरुद्ध प्रशासनले कठोर कार्वाही गर्ने चेताउनी दिनको साथै यस महामारीविरुद्द लड्न सबैलाई सहयोग गर्ने अपील पनि गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *