दार्जिलिङ कार्निभलको स्वर्ण जयन्ती समारोहको अवसरमा खुल्ला गायन प्रतियोगिता हुने

खरसाङ : दार्जिलिङको चर्चित म्युजिकल ब्याण्ड दार्जिलिङ कार्निभलको स्वर्ण जयन्ती समारोहको अवसरमा यसपाली कार्निभल आईडल हुने भएको छ । यस विषयमा आज दार्जिलिङ कार्निभल टोली खरसाङमा आएर पत्रकार सम्मेलन बोलाएर उक्त जानकारी गराइएको छ। दार्जिलिङ कार्निभल म्युजिकल ग्रुपको आयोजनामा दार्जिलिङ पहाड़मा 16 वर्षदेखि 30 वर्षसम्मका युवाहरूलाई लिएर कार्निभल आईडल आयोजना गरिने भएको छ। यसको लागि फारम आगामी 20 अप्रेलसम्म उपलब्ध रहने भएको छ। उक्त गायन प्रतियोगिता दार्जिलिङस्थित भानु भवनको गोर्खा रञ्गमञ्च भवनमा हुने भएको छ। यस विषयमा आज खरसाङमा पत्रकार सम्मेलन बोलाएर दार्जिलिङ कार्निभल म्युजिकल ग्रुपको पक्षमा वरिष्ठ संगीतकार चन्दन लम्जेलले जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *