दार्जिलिङ चौरस्तामा सहिद दुर्गा मल्लको बलिदान दिवस पालन

दार्जिलिङ : देशको स्वतन्त्र सेनानी सहिद दुर्गा मल्लको बलिदान दिवस आज दार्जिलिङको चौरस्तास्थित माल रोडमा विभिन्न गैर सरकारी संस्थाहरूको आयोजनामा पालन गरियो। यस अवसरमा सहिद मेजर दुर्गा मल्लालाई स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गरियो। मल्लको बलिदान दिवसको अवसरमा आज यहाँ एउटा रक्तदान शिविरको पनि आयोजना गरियो।


उक्त शिविरमा दार्जिलिङका पुलिस अधीक्षक डा. सन्तोष निम्बलकर, हाम्रो पार्टीका अध्यक्ष तथा सभासद् अजय एडवर्ड लगायत दार्जिलिङका केही व्यक्तिहरूले रक्तदान गरे। यस अवसरमा आयोजक समितिको तर्फबाट बाइक र्‍यालीको पनि आयोजना गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *