दार्जिलिङ क्षेत्रको 6 वटा मण्डललाई लिएर भाजपा-को सभा सम्पन्न

दार्जिलिङ : भाजपा दार्जिलिङ जिल्ला कार्यालयमा जिल्ला समिति, युवा मोर्चा, नारी मोर्चाको अनि दार्जिलिङ क्षेत्रको 6 वटा मण्डललाई लिएर आज पार्टी अध्यक्ष कल्याण देवानको अध्यक्षतामा एउटा जरुरी सभा सम्पन्न भयो। उक्त सभामा विशेष 6 जना मण्डल अध्यक्षहरूद्वारा आ-आफ्नो क्षेत्रको सांगठनिक रिपोर्ट पेश गरेर पार्टीको भावी कार्यकमबारे चर्चा परिचर्चा गरियो। उक्त बैठकमा पार्टी अध्यक्ष कल्याण देवान, महासचिव सुजेन्द्र राई, सचिव पीसी थापा, जिल्ला समिति सदस्य सञ्जिव लामा, आशिष वाङ्देल, युवा मोर्चा अध्यक्ष निरज राई, दार्जिलिङ क्षेत्रका 6 जना मण्डल अध्यक्ष अनि क्षेत्रका अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *