दार्जिलिङ चिड़ियाखानामा जन्मियो एउटा रेड पान्डा

दार्जिलिङ : दार्जिलिङ पद्माजानायडु हिमालयन ज्युलजिकल पार्कमा रेड पान्डाले यस वर्षको सिजनमा पाँचौँ नयाँ बच्चालाई जन्म दिएको छ। सम्बन्धित सूत्रले दिएको जानकारीअनुसार आमा येसी (रेड पान्डा)-ले एउटा स्वस्थ बच्चालाई यहाँको पद्माजानायडु हिमालयन ज्युलजिकल पार्कमा रहेको प्रजनन संरक्षण केन्द्र तोप्के डाँडामा जन्माएको छ। उक्त बच्चाको बाबु पबु (रेड पान्डा) रहेको बताइएको छ। हाल आमा येसी र नवजात बच्चा दुवै स्वस्थ अवस्थामा रहेको छ। पद्माजानायडु हिमालयन ज्युलजिकल पार्क दार्जिलिङका डाइरेक्टर धरम देवले दिएको जानकारी अनुसार दार्जिलिङ चिड़ियाखाना एकमात्र देशभरिकै रेड पान्डाको प्रजनन संरक्षण केन्द्र हो भने येसी र पबुले जन्माएको बच्चा यो यस वर्षको मौसममा पाँचौँ रेड पान्डाको बच्चा हो। उक्त नव आगन्तुक रेड पान्डाको बच्चा जन्मिएपछि चिड़ियाखानामा कार्यरत कर्मचारीहरूमा खुसीको माहौल देखापरेको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *