दार्जिलिङ चिड़ियाखानामा फेरि नयाँ दुईवटा पाहुना रेड पान्डा

दार्जिलिङ : दार्जिलिङ पद्माजानायडु हिमालयन ज्युलजिकल पार्कमा रेड पान्डा कित्छीले दुईवटा बच्चालाई जन्म दिएको छ। सम्बन्धित सूत्रले दिएको जानकारीअनुसार आमा कित्छी (रेड पान्डा)-ले दुईवटा स्वस्थ बच्चालाई यहाँको पद्माजानायडु हिमालयन ज्युलजिकल पार्कमा रहेको प्रजनन संरक्षण केन्द्र तोप्के डाँडामा जन्म दिएको छ। उक्त बच्चाको बाबु सात्विक (रेड पान्डा) रहेको बताइएको छ। हाल आमा कित्छी र नवजात दुईवटै बच्चाहरू स्वस्थ अवस्थामा रहेको छ। पद्माजानायडु हिमालयन ज्युलजिकल पार्क दार्जिलिङका डाइरेक्टर धरम देवले दिएको जानकारी अनुसार दार्जिलिङ चिड़ियाखाना एकमात्र देशभरिकै रेड पान्डाको प्रजनन संरक्षण केन्द्र हो भने कित्छी र सात्विकले जन्माएको दुईवटा बच्चा लगाएर यस वर्षको मौसममा जन्मिएको सातौँपल्ट हो। उक्त नव आगन्तुक रेड पान्डाका बच्चाहरूको आगमनले दार्जिलिङ चिड़ियाखानामा कार्यरत कर्मचारीहरूमा खुसीको माहौल देखापरेको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *