दार्जिलिङ एफसीलाई पराजित गरेर कालेबुङ पुलिस सेमिफाइनलमा प्रवेश

मङपु : मङपु गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत यहाँको जनमैदानमा आज शनिबार खेलिएको दोस्रो क्वार्टर फाइनल म्याचमा दार्जिलिङ एफसीलाई 2-0 गोलले पराजित गरेर कालेबुङ पुलिस टोली सेमिफाइनलमा प्रवेश गरेको छ। विजयी टोली कालेबुङ पुलिसको तर्फबाट प्रणित सुन्दास (जर्सी नम्बर 16) र क्षितिन भुटिया (जर्सी नम्बर 11)-ले 1-1 गोल छिराए। भोलि 21 नोभेम्बरको दिन तेस्रो क्वार्टर फाइनल खेल दार्जिलिङ पुलिस बनाम ब्राइट स्पोर्टिङ क्लब सिलगढीमाझ जम्काभेट हुनेछ।


प्रतियोगिताको दुईवटा सेमिफाइनल आगामी 25 र 26 नोभेम्बरको दिन खेलाइनेछ भने फाइनल खेला 28 नोभेम्बरको दिन हुनेछ। उक्त टुर्नामेन्टमा विजयी हुने टोलीलाई ट्रफीको साथमा 2 लाख रुपियाँ अनि उपविजेता टोलीलाई ट्रफीसहित 1 लाख रुपियाँ नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा विभोर सिङ्देनले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *