दार्जिलिङ घुम्न आएका 3 जना पर्यटक कोरोना संक्रमित

दार्जिलिङ : दार्जिलिङ घुम्न आएका पर्यटकहरूमध्ये तीनजना कोरोना संक्रमित भएको पुष्टि गरिएको छ। दार्जिलिङ जिल्ला अस्पतालका सुपरिटेन्डेन्ट सुदिप्ता चन्दाले दिएको जानकारी अनुसार दार्जिलिङ घुम्न आएका पर्यटकहरूको जाँच गर्दा तीमध्ये तीनजना कोरोना पोजेटिभ भेट्टाइको छ। तिनले बताएअनुसार दार्जिलिङ पहाडमा पनि कोरोना संक्रमितहरूको संख्या बढ्न सक्ने अधिक सम्भावना रहेकोले गर्दा सबैलाई भीडभाड नगरिदिने साथै कोरोनाबारे राज्य सरकारद्वारा जारी निर्देशलाई सबैले पालन गरिदिने अपील पनि गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *