दार्जिलिङ घुम्न आएका नदियाका 2 जना पर्यटकको सड़क दुर्घटनामा मृत्यु, 5 जना घाइते

सिलगढी : दार्जिलिङ घुम्न आएका पर्यटकहरू सिलगढीको विधाननगर नजिक सडक दुर्घटनामा परेर 2 जना पर्यटकको मृत्यु भएको छ भने अन्य 5 जना पर्यटकहरू घाइते भएका छन्। दार्जिलिङ घुम्नको लागि पर्यटक सवार एउटा वाहन आज बिहानै नदियाबाट आइरहेको समय विधाननगर नजिक दुर्घटनामा परेर 2 जना पर्यटकको मृत्यु भएको छ भने अन्य 5 जना पर्यटक घाइते भएको बताइएको छ। प्राप्त जानकारी अनुसार विधाननगरको सैयदाबाद चियाकमानको सडक नजिक एउटा बिग्रेको ट्रक रोकेर राखेको थियो। त्यहीँ समय नदियाबाट आइरहेको पर्यटक सवार वाहनले उक्त ट्रकलाई पछिल्तिरबाट धक्का दिँदा घटनास्थलमै 2 जनाको मृत्यु भएको छ भने अन्य 5 जना पर्यटक घाइते भएका छन्। घाइतेहरूलाई आशंकाजनक अवस्थामा उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार मृतकहरू नदिया निवासी राना चक्रवर्ती र गणेश सरकार सामेल छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *