दार्जिलिङ हिल म्याराथनको प्रोमो म्याराथन तीनधारेमा सम्पन्न

खरसाङ: दार्जिलिङ पुलिसको आयोजनामा आगामी 3 दिसम्बरको दिन हुन भइरहेको हिल म्याराथनको लागि आज तीनधारे पुलिस आउट पोस्टको आयोजनामा प्रोमो म्याराथन सम्पन्न गरियो। उक्त प्रोमो म्याराथन घैयाबारी तीन ग्राम पञ्चायत कार्यालयबाट तीनधारेस्थित रेलवे कारखानासम्म 10 किलो मीटरको लागि गरिएको थियो। यस प्रोमो म्याराथनमा मोठ 13 जनाले सहभागिता जनाएका थिए, जसमा अनित माझी पहिलो, मोहित ढुङ्गाना दोस्रो र ओङ्दु तामाङले तेस्रो स्थान ओगटे। तीनजनालाई तीनधारे पुलिस आउट पोस्टको तर्फबाट पुरस्कार वितरण गरियो। यस प्रोमो म्याराथनमा तीनधारे पुलिस आउट पोस्टका बड़ा बाबु सागर प्रधान, तीनधारे क्षेत्रका पूर्व खेलाड़ीहरू नवराज छेत्री, विकास प्रधान, दिवाकार राई, कुमार छेत्री लगायत अन्यहरू उपस्थित थिए।


यस प्रोमो म्याराथनमा केटीहरूलाई कुदाएको 5 मिनटपछि मात्रै केटाहरूलाई कुदाइएको थियो। तीनधारे पुलिस आउट पोस्टको बड़ाबाबु सागर प्रधानले प्रोमो म्याराथन विषयमा बोल्दै भने, आज हामीले आगामी 3 दिसम्बरमा हुने हिल म्याराथनको लागि प्रोमो म्याराथन आयोजना गरेको हो। यस प्रोमो म्याराथनमा 13 जनाले भाग लिएका थिए भने पहिलो, दोस्रो र तेस्रो स्थान ओगट्ने धावकहरूलाई पारितोषिक वितरण गरेको तिनले बताए। तिनले दार्जिलिङ पुलिसको आयोजनामा आगामी 3 दिसम्बरमा हुने हिल म्याराथनको लागि तीनधारे क्षेत्रबाट मोठ 26 जना धावकले अंश ग्रहण गर्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *