दार्जिलिङ हिमालयन रेलवेको जङ्गल टी सफारी शुरू

सिलगढी : देश विदेशबाट घुम्न आउने पर्यटकहरूलाई आकर्षित पार्नको लागि दार्जिलिङ हिमालयन रेलवेको जङ्गल टी सफारी आजदेखि शुरू भएको छ। सिलगढीको जङ्क्सनदेखि रङटङ स्टेसनसम्म आजदेखि जङ्गल टी सफारी शुरू गरिएको छ। उक्त सफारीको माध्यमद्वारा पर्यटक तथा सहरवासीले सिलगढी जङ्क्सनदेखि रङटङसम्मको रेलवे सफर गर्न सक्नेछन्। रेलवेको तर्फबाट प्रत्येक यात्रीको निम्ति 970 रुपियाँ भाडा तोकिएको छ भने प्रत्येक दिन अपरान्ह 2 बजेर 45 मिनटमा उक्त ट्रेन जङ्क्सन स्टेसनबाट रङटङतर्फ प्रस्थान गर्ने बताइएको छ। उक्त ट्रेनको माध्यमद्वारा पर्यटकहरूले जङ्गल एवम् चियाकमानको सुन्दर दृश्य हेर्न सक्नेछन्। स्मरण रहोस्, यसभन्दा अघि दार्जिलिङ रेलवेको तर्फबाट उक्त जङ्गल सफारी शुरू गरे तापनि सफल भएको थिएन। पर्यटकहरूको कमीले गर्दा त्यस समय जङ्गल सफारी बन्द गरिएको थियो भने हाल टोय ट्रेन परिसेवा शुरू गरेपछि जङ्गल सफारी पनि पुनः शुरू गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *