दार्जिलिङ जिल्ला अस्पतालमा अब सीटी स्क्यान जड़ान गरिने

दार्जिलिङ: दार्जिलिङ जिल्ला अस्पतालमा अब चाँड़ै सीटी स्क्यान मसिन जड़ान गरिने भएको दार्जिलिङ जिल्ला अस्पताल रोगी कल्याण समितिका अध्यक्ष एवम् सिलगढ़ी जलपाइगढ़ी डेभलोभमेन्ट अथोरिटीका उपाध्यक्ष अमरसिंह राईले जानकारी दिएका छन्। स्मरण रहोस्, गत वर्ष 2021 मई महीनामा अमरसिहँ राईले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पहाड़वासीको निम्ति सीटी स्क्यानको अत्यन्तै जरूरी रहेको उल्लेख गर्दै दार्जिलिङ जिल्ला अस्पतालमा सीटी स्क्यान जड़ान गरिदिने अपील गर्दै पत्राचार गरेका थिए। उक्त अपीलमाथि पहल गर्दै राज्य सरकारले दार्जीलिङ जिल्ला अस्पतालमा सीटी स्क्यान जड़ान गर्नको निम्ति टेण्डर जारी गरेको थियो भने हालमा उक्त टेण्डरको प्रक्रिया समाप्त भइसकेको र अब इस्काग सञ्जीवनी प्राइभेट लिमिटेड नामक एउटा कम्पनीले दार्जिलिङ जिल्ला अस्पतालमा सीटी स्क्यान जड़ान गर्ने काम शुरू गर्ने बताइएको छ। यसबारे थप जानकारी गराउँदै दार्जीलिङ जिल्ला अस्पताल रोगी कल्याण समितिका अध्यक्ष अमरसिंह राईले दार्जिलिङ जिल्ला अस्पतालमा अब डिजिटल एक्स-रे जस्तै सीटी स्क्यान पनि जड़ान गरिने र दार्जिलिङवासीले सीटी स्क्यान गर्नको निम्ति अब सिलगढी तथा अन्यत्र प्राइभेट नर्सिङ होमहरूमा धेरै खर्च गर्नु नपर्ने बताएका छन्। उक्त कार्यको निम्ति पहाड़वासीको तर्फबाट मुख्यमन्त्री ममता ब्यानर्जी अनि राज्य सरकारलाई अमरसिंह राईले आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *