दार्जिलिङ जिल्ला अस्पतालमा सीटी स्क्यानको उद्घाटन

दार्जिलिङ: जीटीए प्रमुख कार्यपाल अनित थापाले दार्जीलिङ जिल्ला अस्पतालमा जडान गरिएको सीटी स्क्यान मसिनको आज विधिवत रूपमा उदघाटन गरे। उदघाटन अवधि रोगी कल्याण समिति, दार्जिलिङ जिल्लाका अध्यक्ष अमर राईको पनि प्रमुख उपस्थिति रहेको थियो। लगभग एक वर्ष अघिदेखि नै जिल्ला अस्पतालमा सीटी स्क्यान मसिन जडान गरिनु पर्छ भन्ने माग भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले गर्दै आइरहेकोको थियो। अमर राईले राज्य सरकार अनि स्वास्थ्य विभागसँग पत्राचार पनि गरेका थिए। यसै माग अनुसार राज्य सरकारले उक्त मसिन जडान गरेको बताइएको छ। उक्त मसिनले अबदेखि दार्जिलिङ पहाडका रोगीहरूलाई सीटी स्क्यान गर्न सुविधा पुग्ने छ भने अब बिमारीहरू यसको लागि सिलगढी लगायत देशका अन्य सहरहरूमा जानु पर्ने छैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *