दार्जिलिङ जिल्ला वामफ्रन्ट-द्वारा सिलगढीमा विक्षोभ

सिलगढी : पेट्रोलियम पदार्थ, नित्य प्रयोजनीय समानहरूको मूल्य वृद्धि, सामूहिक टीकाकरण लगायत विविध मागलाई लिएर आज दार्जिलिङ जिल्ला वामफ्रन्टले विक्षोभ प्रदर्शन गर्यो। प्राप्त जानकारीअनुसार गत 24 जुनदेखि आगामी 5 जुलाईसम्म विभिन्न मागलाई लिएर वामफ्रन्टले राज्यभरिमै विक्षोभ कार्यसूची पालन गरिरहेको छ। यसै क्रममा आज सिलगढीको वर्द्धमान रोडमा एउटा पेट्रोलपम्प नजिक दार्जिलिङ जिल्ला वामफ्रन्टको तर्फबाट विक्षोभ कार्यसूची पालन गरियो। यस अवसरमा सीपीआईएमका जिल्ला सचिव जीवेश सरकार लगायत अन्य नेता तथा कार्यकर्ताहरू उपस्थित थिए। जीवेश सरकारले बताएअनुसार कोरोना परिस्थितिमा पेट्रोलिय पदार्थ, नित्य प्रयोजनीय सर-समानहरूको मूल्य वृद्धि भइरहेछ तर सरकारको यसतर्फ कुनै ध्यान नरहेको तिनले आरोप लगाए। कोरोना महामारीको समयमा सबै मानिसहरूलाई कोरोनाको टीकाकरण लगाउनमा केन्द्र तथा राज्य दुवै सरकार असफल भएको तिनले बताए। राज्यमा कोरोना टीकाकरणलाई लिएर भ्रष्टाचार भइरहेकोले गर्दा यसको जाँच गरिनुपर्ने तिनले माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *