दार्जिलिङ जिल्ला कङ्ग्रेसद्वारा सिलगढीमा ‘संविधान बचाऔ’ दिवस पालन

सिलगढी (निसं): दार्जिलिङ जिल्ला कङ्ग्रेसले आज सिलगढीमा “संविधान बचाऔ” दिवस पालन गऱ्यो। यस अवधि कङ्ग्रेसका कार्यकर्ता अनि समर्थकहरूले केन्द्र र राज्यको सत्ताधारी पार्टी विरूद्ध विरोध प्रदर्शन गरे। यस अवसरमा पार्टीका नेता अनि कार्यकर्ताहरूले देश खतरामा रहेको साथै लोकतन्त्रको चारै स्तम्भ नै खतरामा रहेको आरोप लगाउँदै यसको लागि केन्द्र मात्र नभएर राज्यको सत्ताधारी पार्टी पनि जिम्मेवार रहेको आरोप लगाए।  दार्जिलिङ जिल्ला कङ्ग्रेसले आज बुधवार सिलगढीको हाशमी चोकस्थित कङ्ग्रेस पार्टी कार्यालय अघि एउटा मञ्च बनाएर संविधान बचाऔ दिवस पालन गऱ्यो। यस दिन संगठनका जिल्ला अध्यक्ष शंकर मालाकारको प्रमुख उपस्थितिमा सत्याग्रह कार्यक्रम पनि आयोजित गरियो। शंकर मालाकारले भने, लोकतन्त्रको चारै स्तम्भ अहिले खतरामा छ। यसको लागि राज्य र केन्द्र सरकार दुवै जिम्मेवार छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *