दार्जिलिङ जिल्ला कङ्ग्रेस पनि नगरपालिका चुनाउ हिंसाको विरोधमा  आर्लियो सड़कमा

सिलगढी: दार्जिलिङ जिल्ला कङ्ग्रेस पनि राज्यको नगरपालिका चुनाउमा भएको हिंसाको विरोधमा सड़कमा आर्लियो। सिलगढीमा आज दार्जिलिङ जिल्ला कङ्ग्रेसका नेताहरू अनि समर्थकहरूले हातमा कालो पट्टी बाँधेर धिक्कार ऱ्याली निकाले। दार्जिलिङ जिल्ला कङ्ग्रेस अध्यक्ष शंकर मालाकारको नेतृत्वमा सिलगढीको हाशमी चौकस्थित कङ्ग्रेस पार्टी कार्यालयबाट निकालिइएको उक्त ऱ्यालीले शहरको विभिन्न मार्गको परिक्रमा गऱ्यो। यस अवसरमा शंकर मालाकारले भने, हिज 27 फरवरीको दिन सम्पन्न भएको नगरपालिका चुनाउहरूमा भएको हिंसाको विरोधमा हामी विरोध आज विरोध गरिरहेका छौं। तिनीहरूको विरोधमा सडकमा ओर्लिन वाहेक हामीसित अन्य कुनै विकल्प छैन्।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *