दार्जिलिङ जिल्ला कराते प्रतियोगितामा सिलगढी खोलाचन्द फाप्रीका विवेशना छेत्रीले जितिन् स्वर्ण पदक

सिलगढी (निसं): खरसाङको सुपर मार्केट कम्युनिटी हलमा दार्जिलिङ स्पोर्ट्स कराते-डो एशोसिएशनद्वारा आयोजित 14औं दार्जिलिङ जिल्ला कराते प्रतियोगितामा सिलगढीको खोलाचन्द फाप्री निवासी विवेशना छेत्रीले स्वर्ण पदक जित्न सफल भएकी छन्। तिनले अन्डर 21 वर्ष उमेर वर्गमा सिलगढीस्थित दार्जिलिङ जिल्ला एसएस कराते डु एकाडेमीको तर्फबाट अंशग्रहण गरेर प्रथम भएपछि स्वर्ण पदक जित्न सफल भएका छन्। तिनका सेन्सी बलराम मजुमदारले यसबारे जानकारी गराएका छन्। अर्कोतिर, विवेशनाले बताए अनुसार, उक्त दार्जिलिङ जिल्ला कराते प्रतियोगिता कलकतामा हुने राज्य स्तरीय कराते खेलमा चयन गर्नको निम्ति आयोजना गरिएको थियो, जसमा आफु प्रथम भएर चयन भएको बताइन्। यही अप्रेल महिनामा नै कलकतामा राज्य स्तरीय कराते प्रतियोगिता सम्पन्न हुने साथै उक्त खेलमा आफुले अंशग्रहण गर्ने तिनले बताएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobet